दाङका १० मध्ये नौ वटा पालिकाद्धारा आधा अरब भन्दा बढि राजस्व संकलन – Janadesh Daily | ePaper

दाङका १० मध्ये नौ वटा पालिकाद्धारा आधा अरब भन्दा बढि राजस्व संकलन


चन्द्रप्रकाश नेपाली,

दाङ । दाङका नौ वटा पालिकाले वितेको आर्थिक वर्ष ०७६/७७ मा आधा अरब भन्दा बढि राजस्व संकलन गरेका छन् ।

अधिकांस पालिकाले अनुमानित लक्ष्य पुरा गर्न सकेका छैनन् भने केहि पालिकाले लक्ष्य भन्दा धेरै राजस्व संकलन गर्न सफल भएको सम्वन्धित पालिकाहरुले दिएको तथ्याङकमा उल्लेख गरिएको छ ।

जिल्लाका दुई वटा उपमहानगरपालिका, एउटा नगरपालिका र सात वटा गाउँपालिका गरी जम्मा दश वटा स्थानिय तह भएपनि शान्तीनगर गाउँपालिका कार्यालय बाहेक अन्य नौ वटा पालिकाबाट प्राप्त भएको विवरण अनुसार वितेको आर्थिक वर्षमा जम्मा ६२ करोड ४४ लाख ८० हजार ५ सय ९६ रुपैया राजस्व संकलन भएको छ ।

उक्त राजस्व पालिकाहरुको आन्तरिक श्रोतबाट संकलन भएको सम्वन्धित पालिकाहरुले बताएका छन् । कोरोना माहामारीका बाबजुद राजस्व संकलन गरेका कतिपय पालिकाहरुले आयश्रोत भन्दा बढि लक्ष्य राखेको हुदा लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकेको बताएका छन् ।

तर नौ वटा पालिकाबाट प्राप्त विवरण अनुसार तिन वटा गाउँपालिकाले अनुमानित लक्ष्य भन्दा बढि राजस्व संकलन गर्न सफल भएको बताएका छन् । जसमा राजपुर गाउँपालिका, गढवा गाउँपालिका र दंगीशरण गाउँपालिकाले लक्ष्य भन्दा बढि राजस्व संकलन गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्