नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने त्रिविको चेतावनी – Janadesh Daily | ePaper

नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने त्रिविको चेतावनी


जनादेश, काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयले नवीकरण नगर्ने क्याम्पसहरूलाई सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ। कतिपय क्याम्पसहरूले हालसम्म पनि नवीकरण गरेको नपाइएकोले ती कलेजहरूलाई नवीकरण नगर्नुको कारण खुलाउन एक महिना समयसमेत दिइएको छ।

नवीकरण हुनुको कारण खुलाएर २०८० वैशाख मसान्तभित्र जानकारी गराउनसमेत त्रिविले सार्वजनिक सूचना निकालेर आग्रह गरेको छ।

सम्बन्धित क्याम्पसहरूले डीन कार्यालयमा निवेदन दिन सक्नेछन्। नवीकरण भएका क्याम्पसहरूले त्रिविको विनियोजन शाखाबाट नवीकरण पत्र लिन सक्छन्। नवीकरण भएको पत्र लिन २ हजार रुपैयाँ बुझाउनुपर्छ।

नवीकरण भएका क्याम्पसहरूको विवरण त्रिविले आफ्नो वेबसाइटमा राखिएको पनि जनाएको छ।

हेर्नुस् सूचना:

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्