चितवन भरतपुरमा निषेधाज्ञा – Janadesh Daily | ePaper

चितवन भरतपुरमा निषेधाज्ञा


चितवन,

जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिकामा आज राति १२ः०० बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा आज जारी एक सूचनामा भदौ ५ गतेसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम महानगरपालिकाको सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।

आदेशको अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने उहाँले बताउनुभयो । पछिल्लो समय चितवनमा कोभिड–१९ सङ्क्रमण फैलिँदै गएकाले यसलाई नियन्त्रण गर्न निषेधाज्ञा गर्नु परेको उहाँको भनाइ छ ।

महानगरपालिकामा गएको चार दिनमा २९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । हालसम्म ९९ जनामा सङ्क्रमण देखिएकामा एकको मृत्यु भएको छ भने अन्य निको भएका छन् ।

कोरोनाको सङ्क्रमण बढ्दै गएपछि महानगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द गरिने भएको छ । अत्यावश्यक सामग्री खरिदका लागि बिहान र बेलुका ५ः०० देखि ८ः०० बजेसम्म पसल खोल्न दिइने बताइएको छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्