मायालुको यादमा कोरिएका शब्दहरु
बसेर पढदै छु तिम्रा बारेमा लेखेका कथाहरु
पिरतिका शब्दहरु,मायाले भरिएका मन
हेरिरहन्छु म नयनहरुले हेरिरहन मन लाग्छ झन
मायालुको यादमा कोरिएका शब्दहरु
जिवनमा राखेको छु समेटेर कथाहरु
प्रेमका शब्दले मनमा अनेक विचार आउछन
आफ्नै बाटोमा हिडिरहदा उनि हेर्न आउछन
सम्झनाका क्षणहरु दिलमा राखेको छु
पानि खान भनेर खोलाको किनारमा आएको छु
साथ खोज्दै बसेको छु हावा जस्तै उडछ यो मन
पिरतिका शब्दहरु,मायाले भरिएको मन
मायालुको यादमा कोरिएका शब्दहरु
बसेर पढदै छु तिम्रा बारेमा लेखेका कथाहरु
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी