बालकृष्ण खाँणको फोन फर्म्याट भएको भेटियो, रिकभर गर्दै प्रहरी – Janadesh Daily | ePaper

बालकृष्ण खाँणको फोन फर्म्याट भएको भेटियो, रिकभर गर्दै प्रहरी


नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले पनि आफ्नो मोबाइल फर्म्याट गरेको पाइएको छ । प्रहरी स्रोतले दिएको जानकारीअनुसार उनले आफ्नो मोबाइल फर्म्याट गरेको पाइएको छ ।

उनले को कोसँग कुराकानी गरेका थिए भनेर अनुसन्धान गर्नका लागि प्रहरीले मोबाइलको डिटेल हेर्न लागेको हो । पक्राउ परेका सचिव टेकनारायण पाण्डेले ह्वाट्सएपमा गरेको कुराकानी देखिएको तर खाँणको मोबाइलमा नेदेखिएपछि उनको पनि मोबाइल फर्म्याट भएको पाइएको हो ।

अनुसन्धानमा सक्रिय एक प्रहरी अधिकारीले दिएको जानकारीअनुसार खाँणको मोबाइल पनि रिकभरका लागि मोबाइल प्रयोगशालामा पठाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्