विप्लव भन्छन्: अबको एकमात्र विकल्प समाजवाद – Janadesh Daily | ePaper

विप्लव भन्छन्: अबको एकमात्र विकल्प समाजवाद


नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले नेपालको अग्रगामी निकास समाजवाद नै भएको बताएका छन् । पुष्पलाल मित्रता केन्द्रले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“अन्ततस् नेपालको अग्रगामी निकास भनेको समाजवाद नै हो । नेपालको सङ्कट, अस्थिरता र यी सबै(सबै हेर्दाखेरि अब हामी समाजवादको आधार तयार गर्नेतिर जानैपर्छ,” उनले भने ।

यस्तै उनले भूमण्डलीकृत पुँजीवाद र साम्राज्यवादको अन्त्य नभइन्जेल समाजवादको सम्भावना नरहेको बताए । “जबसम्म भूमण्डलीकृत पुँजीवाद र साम्राज्यवादको अन्त्य हुँदैन । त्यसबेलासम्म समाजावदको सम्भावना र भ्रष्टाचारविरोधी समाजको निर्माण हुँदैन,” उनले भने ।

यस्तै फरक प्रसङ्गमा उनले आफ्नो पार्टीलाई सरकारले लगाएको प्रतिबन्ध सम्झिए । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रममा उनले भने, “हिजो हाम्रो पार्टीमाथि प्रतिबन्ध थियो । त्यसबेला नारायणकाजी कमरेड गृहमन्त्री हुनुभएको भए हाम्रो पार्टीमाथि प्रतिबन्ध पनि लाग्दैनथ्यो होला ।”

यसअघि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको पार्टीमाथि प्रतिबन्ध लागेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्