सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बसेको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिनै पदाधिकारी बैठक बसेको हो ।
प्रचण्डकै निर्देशनमा बैठक बसेको उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले बताए । “अध्यक्ष इटाली जानुअघि नै हामी बसेका थियौँ । त्यसपछि उहाँले १७ गते बस्ने केन्द्रीय समिति बैठकका एजेन्डाबारे बैठक बसेर छलफल गर्नुस् भनेर भन्नुभयो । त्यसपछि बसेका हौँ,” उनले भने ।
उनले केन्द्रीय समिति बैठकमा छलफल हुने विषयबारे छलफल भएको बताए । “हामीले प्रारम्भिक छलफल गरेका छौँ,” उनले भने, “यसलाई फेरि अध्यक्षज्यूकै उपस्थितिमा फाइनल गर्छौँ ।”
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आगामी साउन १७ गतेबाट सुरू हुँदैछ ।