संघीय शिक्षा ऐनलाई संसद्‌मा पठाउने तयारी भएको छ: शिक्षामन्त्री अशोककुमार राई – Janadesh Daily | ePaper

संघीय शिक्षा ऐनलाई संसद्‌मा पठाउने तयारी भएको छ: शिक्षामन्त्री अशोककुमार राई


एजुेकशनपत्र, काठमाण्डौं । शिक्षा, विज्ञान र प्रविधि मन्त्री अशोककुमार राईले आगामी मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐनलाई संसद्‌मा पठाउने बारेमा जानकारी दिएका छन्। आइतबार समाजवादी मोर्चा नेपालका विद्यार्थी संगठनहरूले आयोजना गरेको अन्तर्क्रियामा कार्यक्रममा बोल्दै मन्त्री राईले मंगलबार हुने मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन पारित गरेर संसद्‌मा पठाउने बताएका छन।

उनले त्यो ऐनले माध्यामिक शिक्षा सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई प्रदान गर्ने उल्लेख गरे। त्यस्तै शिक्षण पेशालाई सम्माननीय र गुणात्मक बनाउनका लागि पनि प्रयास गरिएको बताए।

उनले भने, ‘आउने मंगलबारको मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेर म यहाँहरूको बीचमा आएको छु। धेरै समस्याहरूलाई नाघ्दै नाघ्दै अब त्यो संसदमा प्रवेश पाउने ठाउँसम्म पुगेको छ। जसमा स्थानीय तहलाई माध्यामिक शिक्षा सञ्चालन गर्ने अधिकार प्रदान गर्नका साथै शिक्षण पेशालाई सम्माननीय, सम्मानजनक बनाउनका साथै त्यसलाई गुणात्मक बनाउने र संविधानमा व्यवस्था गरिएको निःशुल्क र अनिवार्य शिक्षालाई कार्यान्वयन गर्ने आधारहरू खडा गर्ने प्रयास गरेको छ।’

मन्त्री राईले अब आफ्नो प्राथमिकता उच्च शिक्षासम्बन्धी छाता ऐन ल्याउने भएको बताए। त्यसका लागि आफू प्रयत्नशील रहने उनको भनाइ छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्