काठमाडौंको तीनकुनेस्थित मिलमा भएको सामूहिक हत्या काण्डमा संलग्न एक जना पक्राउ परेका छन् । सो घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ती पुरूषलाई पेप्सीकोला क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रहरी स्रोत अनुसार नाम नखुलाइएका ती व्यक्ति मृतक नवीन राईको हत्या गर्न पुगेको खुलेको छ। सीसीटीभी फुटेजका आधारमा आइतबार पक्राउ परेका ती व्यक्तिमाथि थप सोधपुछ भइरहेकाले छ ।
शुक्रबार राति गैरीगाउँको दिव्य समिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राईको हत्या भएको थियो ।
उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । हत्यामा प्रयोग भएको हतियार यसअघि नै प्रहरीले बरामद गरिसकेको छ । यस्तै, घटना बारे प्रहरीलाई जानकारी दिएका मोरङका दीपेन्द्र राईको संलग्नता भने नखुलेको प्रहरीको भनाई छ ।