१२ अंकले घट्यो सेयर बजार, एक अर्ब १७ करोडको कारोबार – Janadesh Daily | ePaper

१२ अंकले घट्यो सेयर बजार, एक अर्ब १७ करोडको कारोबार


सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १२.५८ अंकले घटेर एक हजार ९०८.६६ विन्दुमा पुगेको छ ।

बैंकिङ ८, विकास बैंक १८, फाइनान्स ८, होटल तथा पर्यटन ४९, जलविद्युत् ७, जीवन बीमा १०२, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा ८१ र अन्य उपसमूह ११ अंकले घटेको छ । यस्तै, उत्पादन ३ र व्यापार उपसमूह १३ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै बाराही हाइड्रोपावर पब्लिक लिमिटेड र हिमालय लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सयपत्री हाइड्रोपावरको सेयर ६.८८ अंकले बढेको छ ।

यस दिन २८७ कम्पनीको ४३ लाख २७ हजार कित्ता सेयर एक अर्ब १७ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्