नेप्से ४ अंकले घट्यो, ९७ करोडको कारोबार – Janadesh Daily | ePaper

नेप्से ४ अंकले घट्यो, ९७ करोडको कारोबार


बिहिबार सेयर बजार सामान्य अंकले घटेको छ। सेयर बजार परिसूचक नेप्से ४.०५ अंकले घटेर एक हजार ९०३.८४ विन्दुमा पुगेको छ ।

विकास बैंक ९, फाइनान्स १५, जलविद्युत् १९, जीवन बीमा ३४, उत्पादन ०.२८, माइक्रोफाइनान्स १३, ब्यापार ०.१६, निर्जीवन बीमा ४२ र होटल तथा पर्यटन उपसमूह १५ अंकले घटेको छ छ । यस्तै, बैंकिङ १ र अन्य उपसमूह ०.३८ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै अपर सोलु हाइड्रोपावरको सेयर ८ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे सिटिजन्स म्यूचुअल फन्ड २ को सेयर झण्ढै ६ प्रतिशतले बढेको छ ।

यस दिन २८४ कम्पनीको ३७ लाख ६६ हजार कित्ता सेयर ९७ करोड रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्