सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाकै १ लाख १७ हजार – Janadesh Daily | ePaper

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाकै १ लाख १७ हजार


नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख १७ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँ कायम भएको छ ।

यसअघि छापावाल सुन अहिलेसम्मकै उच्च प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १४ सय १५ रुपैयाँ कायम भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्