३ खर्ब ६६ अर्ब पुग्यो व्यापार घाटा, निर्यात घट्यो – Janadesh Daily | ePaper

३ खर्ब ६६ अर्ब पुग्यो व्यापार घाटा, निर्यात घट्यो


चालु आर्थिक वर्षको तीन महिनामा ४ खर्ब ७ अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष सोही अवधिको तुलनामा आयात १.६९ प्रतिशतले बढेको छ । गत वर्ष ४ खर्ब ९९ करोडको वस्तु आयात भएको थियो ।

यस्तै, सोही अवधिमा निर्यात भने २.२६ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको तीन महिनामा ४० अर्ब ८७ करोडको वस्तु निर्यात भएको छ । गत वर्षको साउन, भदौ र असोजमा कुल ४१ अर्ब ८२ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

सो अवधिमा व्यापार घाटा ३ खर्ब ६६ अर्ब पुगेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २.१५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तीन महिनामा व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्