नेप्से २८ अंकले घट्यो, सबै उपसमूह राताम्मे – Janadesh Daily | ePaper

नेप्से २८ अंकले घट्यो, सबै उपसमूह राताम्मे


आइतबार सेयर बजार राताम्मे भएको छ। सेयर बजार परिसूचक नेप्से २८.१८ अंकले घटेर एक हजार ८७५.६५ विन्दुमा पुगेको छ ।

बैंकिङ १७, विकास बैंक ५५, फाइनान्स २३, जलविद्युत् २९, जीवन बीमा १९७, उत्पादन ५८, माइक्रोफाइनान्स ३४, अन्य उपसमूह १३, ब्यापार ७४, निर्जीवन बीमा १८२ र होटल तथा पर्यटन उपसमूह १२८ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै सोनापुर मिनिरल्सको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर नौ प्रतिशतले बढेको छ ।

यस दिन २८६३ कम्पनीको २७ लाख १२ हजार कित्ता सेयर ७४ करोड २९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको चार करोड आठ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्