नेप्से ३ अंकले बढ्यो, ६९ करोडको कारोबार – Janadesh Daily | ePaper

नेप्से ३ अंकले बढ्यो, ६९ करोडको कारोबार


सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ३.०४ अंकले बढेर एक हजार ८७८.७० विन्दुमा पुगेको छ ।

बैंकिङ ०.५८, विकास बैंक २७, फाइनान्स १३, जलविद्युत् ४, जीवन बीमा १२, माइक्रोफाइनान्स २, अन्य उपसमूह १, ब्यापार २१ र निर्जीवन बीमा ८३ अंकले बढेको छ । यस्तै, होटल तथा पर्यटन २० र उत्पादन उपसमूह ४० अंकले घटेको छ ।

आज सबैभन्दा धेरै पञ्चकन्या माई हाइड्रोपावरको सेयर साढे ७ प्रतिशत भन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेपनि आज घटेको छ । समग्रमा बजार घटे पनि आज सोनापुर मिनिरल्सको सेयर १० प्रतिशतले घटेको छ ।

यस दिन २८७ कम्पनीको २८ लाख २४ हजार कित्ता सेयर ६९ करोड ४२ लाख रुपैयाँमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्