बागमतीले कोशी प्रदेशलाई दियो दुई सय ७४ रनको चुनौती – Janadesh Daily | ePaper

बागमतीले कोशी प्रदेशलाई दियो दुई सय ७४ रनको चुनौती


बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई जितका लागि दुई सय ७४ रनको बलियो लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएका बागमतीले ४८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ७३ रनको योगफल बनायो । बागमतीका लागि आशुतोष घिरैयाले एक  सय ११ बलमा एक सय १८ रन जोडे । उनले कूल १६ चौका र २ छक्का प्रहार गरे ।

त्यसैगरी कप्तान रित गौतमले ४९, रविन जोशीले ४३ र प्रतिक श्रेष्ठले १९ रन बनाए । दोस्रो विकेटका लागि आशुतोष र रितले १ सय ३१ रनको साझेदारी गरे ।

कोशी प्रदेशका अभ्यास तिमिल्सिनाले तीन विकेट लिए भने हेमन्त राई र कमल खत्रीले समान दुई÷दुई विकेट झारे । त्यस्तै फ्रिर्दोश अन्सारीले एक विकेट लिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्