गाजाको राफाह शिविरमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुग्यो – Janadesh Daily | ePaper

गाजाको राफाह शिविरमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुग्यो


प्यालेष्टिनी क्षेत्रको राफाहनजिकै विस्थापित व्यक्तिहरू बस्दै आएको शिविरमा इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुगेको गाजाको नागरिक सुरक्षा निकायले सोमबार जनाएको छ ।

नागरिक सुरक्षा निकायका वरिष्ठ अधिकारी मोहम्मद अल–मुघैरले एएफपीसँग भन्नुभयो, “दक्षिणी गाजा पट्टीको राफाह शहरको उत्तरपश्चिममा रहेको शरणार्थी टेन्टमा इजरायली सेनाले गरेको अन्धाधुन्ध हवाइ फायरका कारण ४० जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन् ।”

“हवाई आक्रमणपछि शिविरमा बस्दै आएका दर्जनौँ व्यक्तिको शरीर क्षतविक्षत र मृत अवस्थामा देखिएको साथै उल्लेख्य सङ्ख्यामा घाइते बालबालिका, महिला र वृद्धवृद्धा शिविरमा त्रसित अवस्थामा भेटिएका छन्,” उहाँले भन्नुभयो ।

उहाँले उद्धारकार्यमा ठूलो चुनौती आएको बताउनुभयो ।

अल–मुघैरले भन्नुभयो, “शिविरमा ईन्धनको अभाव छ । शिविरमा जाने सडकहरू ध्वस्त भएका छन् । यसले यी लक्षित क्षेत्रहरूमा नागरिक सुरक्षा वाहनहरूको आवागमनमा बाधा पुर्‍याएको छ ।”

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्