अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु – Janadesh Daily | ePaper

अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु


मध्य अमेरिकामा भारी वर्षाका कारण एल साल्भाडोर र ग्वाटेमालामा बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

एल साल्भाडोरमा, अहिलेसम्मको सबैभन्दा बढी प्रभावित देश, पश्चिमी जिल्ला टाकुबामा सोमबार पाँच जनाको मृत्यु भएको नागरिक रक्षा प्रमुख लुइस अमायाले जनाउनु भएको छ ।

यसै गरी राजधानीको राजमार्गमा यात्रा गरिरहेको कारमा रूख र पोलहरु खस्दा आइतबार दुई जनाको मृत्यु भएको थियो ।

शुक्रबार र आइतबारको बिचमा बाढी र पहिरोमा थप चार जनाको मृत्यु भएको अमायाले बताउनु भयो ।

आइतबार, कांग्रेसले स्रोतहरूको परिचालनलाई सहज बनाउन आपतकालिन अवस्थालाई अनुमोदन गर्यो ।

राष्ट्रपति नायब बुकेलेले एक्समा काङ्ग्रेसलाई मङ्गलबार सङघीय बिदाको आग्रह गर्दै यात्राबाट बच्न र “त्रासदीको जोखिम कम गर्न आह्वाहान गर्नु भयो । गत शनिबारदेखि नै दुवै स्थानमा वर्षा भइरहेको छ ।

ग्वाटेमालामा, पश्चिमी नगरपालिका सकापुलासको चाकाया गाउँमा आइतबार एक महिला र एक पुरुषको मृत्यु भएको अधिकारीहरूले जनाए ।

इक्वेडरमा पहिरोमा परि मृत्यु हुनेहरूको सङख््या छ बाट बढेर सात पुग्नुका साथै अन्य २२ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

उनीहरुका अनुसार दक्षिणी इक्वेडरको पर्यटक तुङ्गुरहुआ प्रान्तमा भारी वर्षाका कारण पहिरो गएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्