पपुवा न्यूगिनीका मन्त्रीविरुद्ध घरेलु हिंसाको आरोप, अस्ट्रेलियाबाट पक्राउ – Janadesh Daily | ePaper

पपुवा न्यूगिनीका मन्त्रीविरुद्ध घरेलु हिंसाको आरोप, अस्ट्रेलियाबाट पक्राउ


पपुवा न्यू गिनीका पेट्रोलियम मन्त्री जिमी मालादिनालाई अस्ट्रेलियाको सिड्नीमा घरेलु हिंसाको आरोपमा पक्राउ गरिएको छ ।

पूर्वी सिड्नीको उपनगर बोन्डीमा पक्राउ परेका मन्त्रीलाई घरेलु हिंसाको अभियोग लगाइएको अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) ले आइतबार समाचारमा उल्लेख गरेको छ ।

स्थानीय समयअनुसार शनिबार बिहान करिब १० बजे घरेलु विवादपछि प्रहरीलाई बोन्डीस्थित एक घरमा बोलाइएको थियो । आरोपित ५८ वर्षीय पुरुषसँग भएको विवादपछि ३१ वर्षीया एक महिलालाई चोट लागेको भन्दै प्रहरीमा परेको उजुरीका आधारमा अधिकारीले ती महिलासँग कुराकानी गरेका थिए ।

महिलासँगको कुराकानीपछि मालादिनालाई गिरफ्तार गरिएको थियो । उनीविरुद्ध वास्तविक शारीरिक क्षति पुर्‍याएको आरोपबारे अनुसन्धान भइरहेको छ ।

एबीसीले मालादिनाको बयानलाई उद्धृत गर्दै भनेको छ, ‘उहाँले अनुसन्धानमा सहभागी भएर अधिकारीहरूलाई पूर्ण सहयोग गरिरहनुभएको छ ।’ ती मन्त्रीलाई सशर्त जमानत दिइएको र बिहीबार अदालत उपस्थित गराउने बताइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्