काश्मिरमा भएको गोली हानाहानमा दुई जना सैनिकसहित छ जना मारिए – Janadesh Daily | ePaper

काश्मिरमा भएको गोली हानाहानमा दुई जना सैनिकसहित छ जना मारिए


नयाँदिल्ली। भारत प्रशासित काश्मिरमा भएको गोली हानाहानको दुई वटा छुट्टै घटनामा दुई जना सैनिक र छ जना सन्दिग्ध आतङ्कवादी मारिएको प्रहरीले आइतबार जनाएको छ ।

काश्मिरका प्रहरी महानिरीक्षक विधि कुमार बिर्दीले विवादित क्षेत्रका अधिकारीहरूले कुलगाम जिल्लाका गाउँहरूमा ‘दुई छुट्टाछुट्टै सुरक्षा कारबाही’ गरिएको बताए ।

बिर्दीले सुरक्षा बलका दुई सदस्य मारिएका र मोडेरग्राम र फ्रिसल चिन्निगाम गाउँहरूमा झडप जारी रहेको बताए।

‘हामीले मोडेरग्रामबाट दुई आतङ्ककारी र फ्रिसल चिन्निगामबाट अन्य चार आतङ्ककारीको शव बरामद गरेका छौँ,’ बिर्दीले भने

विवादित क्षेत्रमा आक्रमणको यो पछिल्लो घटना हो । भारत र पाकिस्तान दुवैले मुस्लिम बहुल कश्मिरलाई पूर्ण रूपमा आफ्नो क्षेत्र दाबी गर्छन् र यसको नियन्त्रणका लागि तीन वटा युद्ध लडेका छन् ।

विद्रोही समूहले यस क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि विद्रोह गर्दै आएका छन् । द्वन्द्वले दशौँ हजार नागरिक, सैनिक र विद्रोहीहरूको ज्यान लिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्