माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै – Janadesh Daily | ePaper

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै


काठमाडौं। नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै छ। आज बुधबार दिउँसो २ बजे दलकै कार्यालयमा बस्ने बैठकमा यही असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिने विश्वासको मतबारे छलफल हुनेछ।

यसअघि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा रहेको नेकपा एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएको हो। आजको बैठकमा सोही विषयमा छलफल हुनेछ।

एमालेले माओवादीसँगको गठबन्धन छाडेर नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार बनाउँदै छ । यसका लागि कांग्रेस र एमालेबीच सहमति भइसकेपछि एमालेका मन्त्रीहरूले राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन्।

यता, ‍एमालेका मन्त्रीहरू सरकारबाट बाहिरिएसँगै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी(जसपा)का मन्त्रीहरू पनि सरकारबाट बाहिरिएका छन्।

माओवादी केन्द्रको आज हुने संसदीय दलको बैठकमा विश्वासको मतलगायत अन्य समयसामयिक परिस्थितिबारे छलफल हुने पार्टीका एक नेताले जानकारी दिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्