कांग्रेससँग दस्तखत गरिसकेपछि पनि केपी ओलीले ढाँटछल गर्नुभयो: प्रधानमन्त्री प्रचण्ड – Janadesh Daily | ePaper

कांग्रेससँग दस्तखत गरिसकेपछि पनि केपी ओलीले ढाँटछल गर्नुभयो: प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक घटनाक्रमबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ढाँटछल गरेको ‘ब्रिफिङ’ गरेका छन् । त्यसक्रममा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रम र एमाले–कांग्रेसबिचको समीक्षा गर्दै अध्यक्ष ओलीले आफूहरूलाई ढाँटेको बताएका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले कांग्रेसलाई पनि सरकारमा सामेल गर्ने गरी संवाद गरेको भनेर सार्वजनिक समाचारमा सत्यता नभएको प्रधानमन्त्रीले जानकारी गराएको बताए ।

‘असार १७ गते प्रचण्ड र ओलीबिच झण्डै ३ घण्टा कुराकानी भएको सकारात्मक ढंगले नै सरकारको काम अघि बढाउने काम भएको थियो’, प्रचण्डको भनाइ उद्धृत गर्दै पाण्डेले भने, ‘कांग्रेससँग दस्तखत गरिसकेपछि पनि ओली बिहान प्रधानमन्त्रीसँग भेटेर सामान्य भेटघाट भन्नुभयो । केपीजीले ३ जना नेता बसौँ भन्नुभयो । मैले केपीजी ३ जना बसौँ भन्दै हुनुहुन्छ के हो भन्दा शेरबहादुर देउवाले दस्तखत भइसक्यो सरी भन्नुभयो । ढाँट छल भयो ।’

पाण्डेले पूर्वतयारी अनुसार नै प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने भन्दै आफ्ना सांसदहरूलाई ह्विप जारी गर्ने र पक्षमा मत दिन निर्देशन दिने तथा अन्य दल र स्वतन्त्र सांसदलाई मत दिन आव्हान गर्ने बैठकले निर्णय गरेको जानकारी दिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्