दलालहरूलाई सहयोग पुग्नेगरी प्राधिकरणका निर्देशकलाई निरुत्साहित गर्न खोजीयो: सांसद शर्मा – Janadesh Daily | ePaper

दलालहरूलाई सहयोग पुग्नेगरी प्राधिकरणका निर्देशकलाई निरुत्साहित गर्न खोजीयो: सांसद शर्मा


नेकपा माओवादी केन्द्रकी सांसद नारायणी शर्माले विचौलिया र दलालहरूलाई सहयोग पुग्नेगरी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरुत्साहित गर्न खोजेको आभास पुगेको बताएकी छिन्।

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले कार्यकारी निर्देशक घिसिङलाई कुनै शासक चिढिँदैमा अघि बढ्नबाट नरोकिन आग्रह गरेकी छिन्।

‘सरकारसँग काँधमा काँध मिलाएर कमाण्ड सम्हालेका कर्मचारी निर्देशक कुलमान घिसिङ विचौलिया र दलालहरूको दुश्मन बनेका थिए र छन्,’ उनले भनिन्, ‘आज तीनै विचौलिया र दलालहरूलाई सहयोग पुग्नेगरी कुलमानजस्तो योग्य र सफल कर्मचारीलाई निरुत्साहित गर्न खोजेको आभास हुन्छ।’

उनले अघि थपिन्, ‘सम्मानीत सदनबाट भन्न चाहन्छु– अगाडि बढ कुलमान जनताको पक्षमा काम गर्दा कुनै शासक चिढिन्छ भने केही फरक पर्दैन।’

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले सुरु गरेको अभियानले देशमा १८ घन्टे लोडसेडिङ अन्त्य भएको बताइन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्