दुई ठूला दलको यो मिलन खतराको घण्टी हो : रवि लामिछाने – Janadesh Daily | ePaper

दुई ठूला दलको यो मिलन खतराको घण्टी हो : रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला दुई दलको मिलन खतराको घण्टी भएको टिप्पणी गरेका छन् ।

सोमवारको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद लामिछानेले ठूला दुई दलको मिलन खतराको घण्टी रहेको भन्दै वर्तमान सरकारले भ्रष्टाचारका फाईलहरु खोल्न नपाउँदै ढाकछोप गरेर बन्द गर्ने प्रयास गरेको आरोप लगाए ।

लामिछानेले भने– ‘मैले भन्दै आएको दुई ठूला दलको यो मिलन खतराको घण्टी हो । हिजो कुरा चल्यो फाईल तिमिहरुले होईन हामीले खोलेका हौं भनेर । अझ काण्ड पनि हामीहरुले नै गरेका हौं भनिदिएको भए पनि राम्रो हुने थियो । फाईल तपार्इँहरुले नै खोल्नु भएको हो, तर बन्द नहुँदै जिउँदै फाईल गाड्ने प्रयास गर्नु भयो, जुन फाईलमा प्राण थियो ।’

लामिछानेले संसदमा पछिल्लो सरकार बनेपछिको अभिव्यक्तिबाट दुई ठूला दलको नयाँ दलको रास्वपालाई सिध्याउने लक्ष्य रहेको पनि आरोप लगाए । आइतवारको विशेष समयमा बोल्दै कांग्रेसका सांसद तथा महामन्त्री विश्व प्रकाश शर्माले लामिछानेले आफ्नो कार्यकालमा सिरोहियाको नागरिकताबारे एउटा मात्रै फाइल खोलेको र त्यो पनि ‘खोदा पहाड, निकला चुहा’ भएको अभिव्यक्ति राखेका थिए ।

त्यस्तै, सोमवार नेकपा एमालेका सांसद रघुजी पन्तले रास्वपा उपसभापति स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए ।

उनले भनेका थिए– ‘संसदमा पछिल्लो सरकार बनेपछिको अभिव्यक्तिबाट थाहा हुन्छ । सरकारमा रहेका दुई ठूला दलको टार्गेट नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी छ । हिजोको कांग्रेसको महामन्त्रीको अभिव्यक्ति, आजको एमालेको पुराना नेताहरुको अभिव्यक्तिले के दखाउँछ भने अब यी नयाँलाई ठिक पार्नु पर्छ । एउटा एउटा आरोप लगाइ दिनुपर्छ । अनि मात्र हामी जोगिन्छौँ भनेर मिलेको स्पष्ट भएको छ ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्