भारतीय कुस्ती खेलाडी विनेश फोगाट पेरिस ओलम्पिकको फाइनलबाट आउट – Janadesh Daily | ePaper

भारतीय कुस्ती खेलाडी विनेश फोगाट पेरिस ओलम्पिकको फाइनलबाट आउट


पेरिस । भारतीय कुस्ती खेलाडी विनेश फोगाटले पेरिस ओलम्पिकको फाइनल गुमाएकी छन् । उनका लागि तोकिएको समूहमा १०० ग्राम धेरै तौल हुँदा आयोजकले उनलाई पेरिस ओलम्पिकबाट बाहिरको बाटो देखाइदिएका हुन् ।

विनेश ५० किलो समूहमा खेल्दै आएकी छन् । बुधबार उनको तौल करिब १०० ग्राम धेरै पाइएको हो । त्यसपछि ओलम्पिक महिला कुश्तीबाट उनलाई अयोग्य घोषित गरिएको हो ।

भारतीय ओलम्पिक संघले विनेश अयोग्य घोषित भएको पुष्टि गरेको छ। उनी बुधवार राति हुन लागेको ५० किलो समूहमा वुमेन्स कुस्तीको फाइनलबाट बञ्चित भएकी छन् । अब उनलाई कुनै पदक पनि मिल्ने छैन। सबैभन्दा अप्ठेरो त के भने उनले यो निर्णयविरुद्ध अपीलमा जान पनि पाउँदिनन् । विनेश पहिलो पटक ५० किलो समूहमा खेलिरहेकी थिइन् । उनी यसअघि ५३ किलोमा खेल्ने गरेकी थिइन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्