युक्रेनको आक्रमणपछि रुसका ११ हजार मानिसलाई सुरक्षित स्थानमा सारियो – Janadesh Daily | ePaper

युक्रेनको आक्रमणपछि रुसका ११ हजार मानिसलाई सुरक्षित स्थानमा सारियो


रुस र युक्रेनबीच बढ्दो द्वन्द्वका बीच पछिल्लो समय युक्रेनले रुसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ ।

युक्रेनको बढ्दो आक्रामक गतिविधिका कारण रुसको सीमावर्ती बेलगोरोड क्षेत्रको क्रास्नोयारुज्स्की जिल्लाबाट करिब ११ हजार मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको क्षेत्रीय गभर्नर व्याचेस्लाव ग्लेडकोभले मंगलबार जनाएका छन् ।
उनका अनुसार विस्थापितमध्ये लगभग १ हजार मानिस हाल अस्थायी आवास केन्द्रहरूमा बसिरहेका छन् ।

‘बिग्रँदो सुरक्षा अवस्थाका कारण सोमबार आफ्नो घर छोडेका क्रास्नोयारुज्स्की जिल्लाका विस्थापितलाई खान बस्न लगायतका न्यूनतम् आवश्यकताका सामानहरू प्रदान गरी सुरक्षित स्थानमा राखिएको छ,’ ग्लेडकोभले भने ।
यहीक्रममा उनले वर्तमान स्थितिमा चाँडै सुधार भई विस्थापितलाई छिट्टै घर फर्कन अनुमति जारी गरिने आशा व्यक्त गरे ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्