काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ३४.२९ अंकले बढेर दुई हजार ९५७.७५ विन्दुमा पुगेको छ ।
बैंकिङ ११, विकास बैंक १६९, फाइनान्स २७२, होटल तथा पर्यटन १७९, हाइड्रोपावर ७०, ब्यापार १६, निर्जीवन बीमा १०५, अन्य १९, र उत्पादन उपसमूह ५२ अंकले बढेको छ । त्यस्तै, जीवन बीमा १३ र माइक्रोफाइनान्स उपसमूह ३८ अंकले घटेको छ ।
आज सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, मातृभूमि लघुवित्त, हाइड्रो इलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनी, माउन्टेन हाइड्रो नेपाल, हिमालयन हाइड्रोपावर, इङ्ग्वा हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर र गूडविल फाइनान्सको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज मन्दाकिनी हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ ।
यस दिन ३३२ कम्पनीको ५ करोड १२ लाख कित्ता सेयर २३ अर्ब ४३ करोडमा कारोबार भएको छ ।