ब्राउन सुगर सहित ३ जना पक्राउ – Janadesh Daily | ePaper

ब्राउन सुगर सहित ३ जना पक्राउ


चन्द्रप्रकाश नेपाली,

घोराही । दाङमा लागु औषध ब्राउन सुगर सहित तिन जना पक्राउ परेका छन् । लमही नगरपालिका २ श्रीगाउँ स्थित ड्रिमल्याण्ड होटलबाट तीन जनालाई ३९ ग्राम लागु औषध ब्राउन सुगर सहित पक्राउ गरिएको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा कपिलबस्तु शिवराज नगरपालिका २ का ४० बर्षिय शालिकराम सारुमगर, उनकी श्रीमती ३३ बर्षिया पार्वती र सोहि ठाउँका ३२ बर्षिय चन्द्रबहादुर बगाले मगर रहेको प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदावारले जानकारी दिनुभएको छ ।

सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक युवराज गौतमको कमाण्डमा सादा पोसाकमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट खेरो रङको धुलो पदार्थ ३९ ग्राम ब्राउन सुगर र उनीहरुले प्रयोग गरेको बा १२ च २११६ नम्वरको स्कारपियो गाडी बरामद गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्