हाम्राे बारेमा – Janadesh Daily | ePaper

हाम्राे बारेमा

सम्पादकीयः 

हामीले जलजला मिडिया प्रा.लि.द्धारा जनादेश डेली अनलाइन प्रकाशनमा ल्याएका छौ । यस अनलाइनले देश¸ जनता र परिस्थितिलाई केन्द्रमा राखी विचार र समाचार प्रस्तुत गर्नेछ । हामी जनता केन्द्रित विचारलालाई प्रमुख स्थान दिन चाहन्छौ ।

जनादेशले देश र जनताको हक र हितको विषयमा वकालत गर्नेछ आम श्रमजीवी जनताले निर्देश गरेका आदेशहरुलाई सम्प्रेषण गर्न आश्यक रहेको महसुस गरी देशमा भइरहेको परिवर्तनलाई समेत संस्थागत गर्ने कार्यमा सहयोग मिलोस् भन्ने धेय राखिएको छ । जनताले चाहेको परिवर्तनको पक्षमा कलम चलाउनुलाई हामीले आफ्नो दायित्व ठानेका छौ । यस कार्यबाट आम जनताको इच्छा, सहमति वा असमति सम्बन्धी धारणाहरु समेटिने विश्वास लिइएको छ ।

हामीले बुझेको जनादेश निर्वाचन, जनमत संग्रह, जुलुश प्रर्दशन, आन्दोलन, जनयुद्ध, सहमति वा असहमति जनाउने अभिब्यक्ति जस्ता विभिन्न कोणबाट प्राप्त भइहेको हुन्छ । यसमा बहुजनको हित हुने र परिवर्तनका पक्षमा जनमत निर्माण हुने कार्य नै हाम्रा सरोकारका विषयहरु हुन् ।

नेपालमा संघीय गणतन्त्र ल्याउन जति जनपक्षीय मिडियाको भूमिका रहेको थियो, त्यही प्रकारले यसको रक्षा र विकासमा मिडियाकर्मीहरुले त्याग र तपस्या गर्न आवश्यक देखिएको छ । यसलाई हामीले मिडियामा मिसन र ब्यवसायिकताको चिनियाँ पर्खाल लगाउनेहरुको बीचमा उभिएर समकालीन इतिहासको माग बुझ्न जरुरी छ भन्ने ठानेका छौ ।

आजका दिनसम्म जनताले चाहेको परिर्वतन बिकासमा देखिन सकेको अवस्था छैन ।  जबसम्म जनताको दिल दिमागमा परिवर्तनको महसुस हुन्न, तबसम्म संरचनागत परिवर्तनले केही पनि फरक पार्दो रहेनछ । आज हरेकक्षेत्रमा अर्कमन्यता छाएको छ ।

आमजनता साँझ बिहानकै लागी दुई छाक टार्न नसक्दा रोजी रोटीको खोजीमाछन् ।यसैले जनताको दिल दिमागमा ब्यवहारिक परिवर्तनको महसुस गराउने सन्र्दभहरु नै जनताका आदेश बन्न जाने भएकाले समाचार र विशेष गरी विश्लेषण सहितका जनपक्षीय विचारहरु मार्फत् समाजमा जागरण ल्याउन निरन्तर लागि पर्नेछौ ।

यो परिवर्तनलाई संस्थागत गर्ने सँस्कृतिक आन्दोलन समेत हुने भएकाले जनादेश डेली डट कमले तपाई हामी सबैको क्रान्तिकारी विचार, दृष्टिकोण  र धारणा सम्प्रेषण गर्नेछ । आउनुहोस्, सबै क्षेत्रबाट यस महाअभियानमा बहुजनको हितमा काम गर्ने सन्दर्भमा सहकार्य गरौ ।

देशमा गणतन्त्र ल्याउन जीवन आहुती दिने वीर सहिदहरु, घाइते, अपाड.्ग, र बेपता परिवार प्रति उच्च सम्मान व्यक्त गर्दछौ । विश्वका सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई हाम्रो सलाम ।

धन्यवाद ।