जनादेश, काठमाण्डौ ।
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले श्रमिकको समस्या सरकारले समाधान गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल यातायात मजदूर सङ्घले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ ले नेपालको यातायात श्रमिकमा पारेको प्रभाव विषयक भर्चुअल अन्तक्र्रियामा उहाँले कोभिड–१९ का कारण समस्यामा परेका श्रमिकको समस्या सरकारले पुरा गर्नुपर्ने बताए ।
नेता डा कोइरालाले कोरोनाको कारण अरु क्षेत्रभन्दा यातायात मजदूर क्षेत्रमा ठूलो समस्या परेको बताए ।