पाकिस्तानका विदेश मन्त्रीलाई कोरोना संक्रमण – Janadesh Daily | ePaper

पाकिस्तानका विदेश मन्त्रीलाई कोरोना संक्रमण


एजेन्सी ।

२० अषाढ, काठमाण्डौ ।

पाकिस्तानका विदेश मन्त्री शाह महमूद कुरैशीलाई कोरोना भएको छ। ट्विटरबाट मन्त्री कुरैशीले आफूलाई संक्रमण भएको जानकारी दिएका हुन्।

‘दिउँसो मलाई हल्का ज्वरो महशुस भयो र मैले तुरून्त आफूलाई होम क्वारेन्टिनमा राखें। ममा कोभिड-१९ पाइएको छ। अल्लाहको कृपाले मैले आफूलाई मजबुत र उर्जावान महशुस गरिरहेको छु। घरबाट नै म आफ्नो जिम्मेवारी निभाउने छु। कृपया मेरो लागि प्रार्थना गर्नुहोस्’, ट्विटरमा उनले लेखेका छन्।

पाकिस्तानमा हालसम्म २ लाख २१ हजार बढी संक्रमित फेला परिसकेका छन् भने सोका कारण ४ हजार ५ सय ५१ जनाको मृत्यु भइसकेको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्