उपन्यास ‘परित्यक्ता’ बजारमा – Janadesh Daily | ePaper

उपन्यास ‘परित्यक्ता’ बजारमा


 

जनादेशडेली संबाददाता ।

२० अषाढ, काठमाण्डौ ।

नेपालय प्रकाशनले भुवन ढुंगानाद्वारा लिखित उपन्यास ‘परित्यक्ता’ बजारमा उपलब्ध गराउने भएको छ। यो किताब गत वर्ष नै प्रकाशित भएको हो तर कोभिड-१९ माहामारीका कारण सार्वजनिक हुन पाएको थिएन।

सन् १९७० ताकाको साहित्यिक पत्रिका मधुपर्कबाट कथा लेखनमा प्रवेश गरेकी भुवन ढुंगानाको यो पहिलो उपन्यास हो। उनले विश्वभारती महाविद्यालय (जसलाई अहिले शान्ति निकेतनको नामले पनि चिनिन्छ) बाट शास्त्रीय नृत्यमा स्तानक गर्नुका साथै त्रिभूवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्