मेसीले बार्सिलोना छोड्दै – Janadesh Daily | ePaper

मेसीले बार्सिलोना छोड्दै


एजेन्सी ।

स्पेनिस फुटबल क्लब बार्सिलोनाका सुपरस्टार लिओनल मेसी पछिल्लो समय क्लबप्रति खुसी छैनन्। हालै उनले सार्वजनिक रुपमा क्लब प्रति टिप्पणी गदै आएकाछन् ।

ला लिगाको उपाधि यात्रामा धक्का लागेपछि मेसी र क्लबका अफिसियलबीच मतभेद बढेको छ। पछिल्लो दुई सिजनको ला लिगा च्याम्पियन बार्सिलोनाको खेल खस्किदा कप्तानको भूमीकामा रहेका मेसीमाथि दबाब थपिएको छ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको बार्सिलोना शीर्ष स्थानको रियल म्याड्रिड भन्दा ४ अंकले पछि छ। लिगमा अब पाँच चरणका खेल बाँकी छन्। जसमध्ये चार खेलमा विजयी भए रियलले बार्सिलोनालाई पछि पारेर उपाधि जित्नेछ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्