प्रधानमन्त्रीको राष्ट्रपतिसंग दोस्रो भेट, मन्त्रीहरू बालुवाटारमा – Janadesh Daily | ePaper

प्रधानमन्त्रीको राष्ट्रपतिसंग दोस्रो भेट, मन्त्रीहरू बालुवाटारमा


असार २०,  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डलका सबै मन्त्री तथा राज्यमन्त्रीहरूलाई बालुवाटार बोलाउनुभएको छ । शनिबार साँझ साढे सात बजेपछि सबै मन्त्रीलाई बालुवाटार बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

बैठकको कुनै निश्चित एजेण्डा नभए पनि समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले मन्त्री सबैलाई बालुवाटारमा बोलाउनुभएको प्रेस सल्लाहकार थापाले बताउनुभयो । पछिल्लो समय पार्टी भित्रबाटै प्रधानमन्त्रीको राजीनामा माग भएपछि नयाँ राजनीतिक घटनाक्रम विकसित भइरहेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले आफूलाई बैठकबारे कुनै जानकारी नआएको गोरखापत्रलाई बताउनुभयो ।

स्रोतःगोरखापत्र अनलाइन

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्