९५ % साइबर असुरक्षाको कारण मानवीय त्रुटी – Janadesh Daily | ePaper

९५ % साइबर असुरक्षाको कारण मानवीय त्रुटी


 

Internet and online data security system. Laptop computer hacking, and stealing data from mobile smart phone

२१ असार २०७७, काठमाण्डौ । विश्वमा प्रविधिको प्रयोगले मानिसको दैनिकीलाई निकै सहज बनाए पनि सावधानी अपनाउन नसक्दा अपराधका घटनाहरू बढ्दै गएका छन् । लकडाउनको अवधिमा प्रविधिको प्रयोग बढेसँगै साइबर अपराध पनि बढ्दै गएको विज्ञहरूले बताएका छन् । साइबर अपराध प्रविधिको प्रयोगमा सावधान हुन नसक्दा अधिकांश मानवीय त्रुटिको कारण नै हुने गरेको विज्ञहरूको भनाइ छ । साइबर अपराध विज्ञ नारायण कोइरालाले साइबर अपराध बढ्नुमा मानवीय त्रुटीको नै सबैभन्दा ठूलो कारण रहने बताए । प्रविधिलाई प्रयोग गर्ने तर सुरक्षित रूपमा कसरी प्रयोग गर्ने भन्ने जानकारी नहुँदा साइबर अपराध बढेको उनले बताएका छन् । उनका अनुसार करिब ९५ प्रतिशत साइबर अपराधहरू मानवीय त्रुटीका कारण हुने गरेका छन् ।
कर्पोरेट संस्थाहरू पहिले पनि यस्ता साइबर आक्रमणहरू देखिने गरिए पनि पछिल्लो समयमा भने देशमा सरकारी र वित्तीय संस्थाहरूमा पनि साइबर आक्रमण बढ्दै गएको उनको अनुभव छ । ठूला संस्थाहरूमा भएका आक्रमण मात्रै जानकारीमा आउने तर व्यक्तिगत र साना संस्थामा भएका गतिविधि अझै छायाँमा भएको उनको बुझाइ छ । साइबर आक्रमणले साना संस्थाहरूलाई पनि उत्तिकै प्रभाव पारेको छ । आफूले कस्तो प्रविधि प्रयोग गरिरहेको छु र त्यसलाई सुरक्षित रूपमा कसरी प्रयोग गर्ने भनेर थाहा नहुँदा र वास्ता नगर्दा यस्तो घटनाहरू धेरै घट्ने गरेको उनले बताए ।

प्रविधिको प्रयोगकर्ताहरू प्रविधिलाई कसरी सुरक्षित रूपमा प्रयोग गर्ने भन्ने बारेमा मात्र नभइ साइबर अपराधको विरुद्ध कहाँ गएर रिपोर्ट गर्ने, कस्तो खालको एक्सन लिने भन्ने विषयमा पनि अनविज्ञ नै रहेको उनले बताए । साइबर अपराधीहरूले प्रोत्साहन पाइरहनुमा प्रयोगकर्ताहरूलाई जानकारीको कमी नै मुख्य कारण हो ।
प्रविधिको पहुँच बढेसँगै दैनिकजसो प्रयोग गरिने मोबाइल एप्लिकेसनहरू पनि सुरक्षित रूपमा प्रयोग गर्न नसक्दा ह्याकरहरूले सानो सानो जानकारीहरू पनि सजिलै पाइरहेका छन् । “ह्याकरले ह्याक गरेको भन्दा नि जानकारीका अभावमा त्यसलाई हामीले नै पहुँच दिएका हो,” उनले भने, “साइवर आक्रमण न्यूनीकरण गर्नको लागि सबैभन्दा सुरुमा प्रयोगकर्ता नै सचेत हुनुपर्छ अनि प्रविधिको भर पर्ने भन्दा पनि प्रविधिको प्रयोगलाई सुरक्षित गर्नुपर्छ ।”
साइबर आक्रमणबाट बच्नको लागि आफूले प्रयोग गरिरहेको प्रविधिको समयसमयमा सुरक्षा परीक्षण गरिरहनुपर्ने कोइराला बताउँछन् । सानो होस् या ठूलो हरेक संघ संस्थाहरूले आफ्नो छुट्टै प्रविधि गाइडलाइन बनाउने, कम्पनीको आईटी अडिट गर्ने काम गर्न उनको सुझाव छ ।

स्रोतः कारोबार दैनिक

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्