ई–कमर्सका लागि कानुन बनाउँदै सरकार – Janadesh Daily | ePaper

ई–कमर्सका लागि कानुन बनाउँदै सरकार


जनादेश, काठमाण्डौ ।

विद्युतीय माध्यमद्वारा सञ्चालन गरिने व्यापारका लागि सरकारले कानुन बनाउने तयारी थालेको छ ।

मन्त्रिपरिषद्को बैठकले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ई–कमर्ससम्बन्धी विधेयक बनाउन सैद्धान्तिक स्वीकृति दिएको हो ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता मन्त्री युवराज खतिवडाले विद्युतीय माध्यमद्वारा सञ्चालन गरिने व्यापारसम्बन्धी विधेयक तर्जुमाका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिइएको जानकारी दिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्