राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्थानीय तहबीच बिबादै बिबाद – Janadesh Daily | ePaper

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्थानीय तहबीच बिबादै बिबाद


२२ आषाढ, काठमाण्डौ । कोरोना संक्रमण जोखिम उच्च बन्दै जाँदा समेत कोरोना परीक्षण गर्ने थलो जिल्लामा कतै थिएन । जिल्लामा संकलित स्वाबहरु परीक्षणका लागि नेपालगन्ज वा बुटवल पठाउनु बाहेक अर्को बिकल्प थिएन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परीक्षणका लागि आफैले पहल गर्ने रणनीति बनायो । फलतः संघीय सरकारसंग कोरोना परीक्षण मेशिन माग गरेर जिल्लामै एकमात्रै कोरोना परीक्षण केन्द्रका रुपमा प्रतिष्ठानले आफूलाई उभ्यायो । जिल्लाको एकमात्रै कोरोना परीक्षण थलो यो प्रतिष्ठान अहिले ‘कोरोना बिबाद’ मा फसेको छ ।

स्थानीय सरकारसंग कोरोना परीक्षणका लागि मागेको सहयोगका कारण प्रतिष्ठानलाई पुनः बिबादमा ल्याईएको हो । अहिले यहि विषयमा स्थानीय सरकार र प्रतिष्ठानबीच चरम बिबाद छ । प्रतिष्ठानले अहिले सम्म परीक्षण गरिएका स्वाबको जनही ५ हजार ५ सय रुपैयाँका दरले शोधभर्ना गर्न स्थानीय तहहरुलाई पत्राचार गरेको छ भने स्थानीय तहहरुले उक्त सहयोग नगर्ने भन्दै परीक्षणका लागि स्वाब बाहिर पठाउन थालेका छन् ।

प्रतिष्ठानले जनही ५ हजार ५ सय दरले परीक्षण शूल्क निर्धारण गरेर शोधभर्ना गर्न माग गरेपछि स्थानीय तहहरु रुष्ट बनेका मात्रै छैनन्, उनिहरुले स्वाब समेत परीक्षणका लागि भैरहवा तथा नेपालगन्ज पठाउन थालेका छन् । ‘प्रतिष्ठानलाई संघीय सरकार र प्रदेश सरकारले सहयोग नगरेको खण्डमा स्थानीय पालिकाहरु मार्फत सबै स्थानीय तहहरुले सहयोग गर्ने भन्ने सहमती भएको हो,’गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने ‘तर सुरुमा संघीय सरकार र प्रदेश सरकार समक्ष पहल गर्ने भन्ने पनि हो, त्यहाँ पहलै नभएर परीक्षण शूल्क तोकियो ।’ गढवा गाउँपालिकाले अहिले कोरोना परीक्षणका लागि स्वाब भैरहवा पठाउँदै आएको छ । यसैगरि अन्य स्थानीय तहहरुले पनि कोरोना परीक्षणका लागि स्वाब जिल्ला बाहिर पठाउँदै आईरहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्