कोरोना अपडेटः विश्वभर ६० लाख मानिस निको भए – Janadesh Daily | ePaper

कोरोना अपडेटः विश्वभर ६० लाख मानिस निको भए


न्यूयोर्क, २२ असार । महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसबाट संक्रमितमध्ये ६० लाख मानिस निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

विश्वभर कोरोनाभाइरसको अवस्था विश्लेषण गरिरहेको अमेरिकाको उक्त विश्वविद्यालयले आइतबारसम्ममा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३० हजार ८९८ पुगेको जनाएको छ ।

विश्वमा हाल करिब १ करोड १२ लाख ७२ हजारभन्दा बढी मानिस कोरोना संक्रमित भइसकेका छन् । संयुक्तराज्य अमेरिका र ब्राजिलमा कोरोनाभाइरसबाट सबैभन्दा बढी मानिस संक्रमित भएको पाइएको छ ।   एएनआई

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्