क्यारेवियन प्रिमियर लिगः सन्दीपको प्रदर्शन प्रशंसनीय, टिम हारेको हार्‍यै – Janadesh Daily | ePaper

क्यारेवियन प्रिमियर लिगः सन्दीपको प्रदर्शन प्रशंसनीय, टिम हारेको हार्‍यै


एजेन्सी ।
जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछानेको प्रशंसनीय प्रदर्शन जारी छ ।
सन्दीप आवद्ध जमैका तलाबाजको ट्रिनबागो नाइट राइडर्ससँगको पछिल्लो खेलमा पनि सन्दीपले विकेट संख्या बढाउँदै इकोनोमी कायम राख्न सफल रहे ।

मंगलबार राति भएको पछिल्लो खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २० रन खर्चिएर १ विकेट लिएका थिए । सन्दीपले प्रतियोगिताका ७ खेलमा १० विकेट लिन सफल भैसकेका छन् ।

सिपिएल विकेट रेकर्डमा तेश्रो

उनी सीपीएल क्रिकेटमा सर्वाधिक विकेट लिने बलर मध्धे शिर्ष तीनमा उक्लिएका छन् । ट्रिनबागो नाइट राइडर्सविरुद्ध १ विकेट लिएसंगै सन्दीप कम्तिमा अर्को खेल नभएसम्म तेश्रो स्थानमा उक्लिएका हुन् ।

टिमको प्रदर्शन निराशाजनक
सन्दीप रहेको टिम जमैका तलाबाजले भने मंगलबार चौथो हार व्यहोरेको छ । ट्रिनबागो नाइट राइडर्ससँग १९ रनले पराजित हुँदै जमैकाले चौंथो हार व्यहोरेको हो ।

ब्रायन लारा स्टेडियममा नाइट राइडर्सले दिएको १ सय ८५ रनको लक्ष्य भेट्टाउन मैदान उत्रिएको जमैकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाएपछि पराजित भएको हो ।

जमैकाका आन्द्रे रसेलले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । सन्दीप आवद्ध जमैका ७ खेलमा ६ अंक जोडेर चौथो स्थानमा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्