किन आएन आइपिएलको तालिकाः यस्तो रहेछ कारण – Janadesh Daily | ePaper

किन आएन आइपिएलको तालिकाः यस्तो रहेछ कारण


एजेन्सी ।

तय भएको तालिका अनुसार इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को नयाँ सिजन सुरु हुन अव एक सातामात्र बाँकी छ । तर खेल तालिका सार्वजनिक भएको छैन ।

एक साता अघिसम्म पनि खेल तालिका सार्वजनि नभएपछि आइपिएलका प्रशंसकहरु बेचैन बनेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईमाथि तालिका सार्वजनिक गर्न दबाब बढिरहेको छ ।

यस्तो छ तालिका सार्वजनिक नहुनुको कारण
विश्वभर कोरोना महामारी फैलिएपछि यो वर्षका धेरैजसो खेल प्रतियोगिता प्रभावित रहे । भारतमा मार्च र एप्रिलमा हुने तय भएको आइपिएल पनि कोरोना महामारीकै कारण पछि सर्‍यो ।

भारतमा हुन नसकेको आइपिएल युएईमा हुने तय भएको छ । तर खेल १० सेप्टेम्बरदेखि सुरु हुने भएपनि अहिलेसम्म तालिका सार्वजनिक भएको छैन । बिसिसिआईले महामारीकाबीच सबै खालका तनाव घटाएर मात्र औपचारिक कार्यक्रमको तालिका सार्वजनिक गर्ने मनसाय बनाएको छ ।

यसका लागि आइपिएलमा सहभागी हुने खेलाडी तथा अफिसिएलहरुको कोरोना परीक्षण जारी छ । केही खेलाडी र अफिसियलमा कोरोना देखिएपछि तनाव थपिएको छ ।

सुपर किङ्ग्सका खेलाडी सुरेश रैना व्यक्तिगत कारण देखाउँदै भारत फर्किएको र यो वर्षको प्रतियोगितामा सहभागी नहुने चेन्नई सुपरकिङ्ग्सले ट्विटरमार्फत् जानकारी दिइएको छ। रैना टिमका महत्वपूर्ण खेलाडी हुन् ।

 


दावेदार टिम चेन्नाइ सुपर किङ्सका एक खेलाडीसहित १० जना अधिकारीहरुमा कोरोना पुष्टि भैसकेको छ । अन्य खेलाडी तथा अधिकारीको अर्को चरणको परीक्षण आएपछि मात्र तालिका सार्वजनिक गर्ने बिसिसिआईको तयारी छ ।

चिनियाँ कम्पनी हटाएर नयाँ प्रायोजक

यसैबीच बेङ्गलोरको शिक्षा टेक्नोलोजी फर्म ‘अनएकेडमी’लाई इन्डियन प्रिमियर लिगको आधिकारिक साझेदार बनाउने घोषणा गरिएको छ । बीसीसीआईले अनएकेडमीलाई तीन सिजनकालागि अफिसियल पार्टनरको रुपमा आईपीएलसंग जोड्ने घोषणा गरेको हो । चीनसँग सीमा विवाद बढेपछि यस अघि प्रायोजक र पार्टनर रहँदै आएको चिनियाँ मोबाइल कम्पनी भिभोसँग सम्झौता तोड्दै आइपिएलका लागि नयाँ प्रयाोजक खोजिएको हो । आइपीएलको १३ औं संस्करण संयुक्त अरब इमिरेट्स (यूएई)मा सेप्टेम्बर १० देखि नोभेम्बर १० सम्म हुँदैछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्