प्रहरी अधिकृतलाई निर्देशन – Janadesh Daily | ePaper

प्रहरी अधिकृतलाई निर्देशन


जनादेश, काठमाण्डौ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कर्तव्य निर्वाह गर्ने क्रममा जस्तोसुकै परिस्थिति आए पनि पछि नहट्न प्रहरी अधिकृतलाई निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा सरुवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी नायब उपरीक्षकलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक क्षेत्रीले कार्य क्षेत्रमा उच्च मनोबलका साथ उत्ृकष्ट सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।

अपराध अनुसन्धान तथा नियन्त्रणका लागि दीर्घकालीन योजना निर्माण गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले राज्यले दिएको अभिभारा पूरा गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो । उहाँले मुलुकमा शान्तिसुरक्षा कायम गर्न अपराधजन्य गतिविधिको नियन्त्रण गर्दै कोरोना सङ्क्रमण रोकथाम र व्यवस्थापन, फरार अपराधीको खोजी, सीमा क्षेत्रमा राजश्व चुहावट रोक्ने र सवारी दुर्घटना न्यूनीकरणलगायत गतिविधिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

“सरुवा भई जाने ठाउँमा अभिभावकको हैसियतले पूर्ण निष्ठावान् भई कर्तव्य निर्वाह गरेमा असल र नेतृत्वदायी भूमिका ठहर्छ”, प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भन्नुभयो, “हिरासतमा भएका व्यक्तिमाथि प्रहरीले गर्ने व्यवहार एवं हिरासत कक्षको व्यवस्थापनलाई विशेष ख्याल राख्नु जरुरी छ ।”

अपराधजन्य गतिविधिमा शून्य सहनशीलता हुनुपर्ने बताउनुभयो । अन्य सुरक्षा निकाय, स्थानीय तह र कानून कार्यान्वयन गर्ने अन्य निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्नसमेत उहाँले प्रहरी अधिकृतलाई निर्देशन दिनुभयो । कानूनी रुपमा कठोरता र व्यवहारमा विनम्रता प्रस्तुत गर्नसमेत उहाँले सुझाव दिनुभयो । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणले धेरै प्रहरी कर्मचारी प्रभावित भएको अवस्थामा सीमित जनशक्ति र साधन स्रोतको उचित परिचालन गरी सक्रिय भूमिका निर्वाह गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्