चार जिल्ला कोरोना मुक्त, पाँच सय बिरामी हुने जिल्ला – Janadesh Daily | ePaper

चार जिल्ला कोरोना मुक्त, पाँच सय बिरामी हुने जिल्ला


चन्द्र प्रकाश नेपाली
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ जिल्लामा देखा परेको कोरोना भाइरसको संक्रमण चार जिल्लामा मुक्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रदेश १ र कर्णाली प्रदेशका चार जिल्लामा संक्रमण मुक्त रहेको जानकारी गराइएको हो ।

मन्त्रालयका प्रबक्ता प्रा. डा. जागेश्वर गौतमले प्रदेश १ का तेह्रथुम, भोजपुर र सोलुखुम्बुमा कोरोनाका बिरामी सबै निको भएर कोरोना मुक्त रहेको जानकारी दिनुभएको छ । त्यस्तै कर्णाली प्रदेशको हुम्लामा पनि भेटिएका सबै बिरामी कोरोना जितेर घर फर्केपछि मुक्त भएको जानकारी दिनुभएको छ ।

त्यस बाहेक प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका सबै जिल्लामा कोरोना भाइरसका बिरामीले उपचार गरीरहेका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश २ मा महोत्तरी र रौतहट, प्रदेश ५ मा पाल्पामा पाँच सयभन्दा बढी बिरामी रहेका छन् ।

त्यस्तै सुदुरपश्चिम प्रदेशका कैलाली, अछाम र बाजुरामा पनि पाँच सयभन्दा बढी बिरामी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्