भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर ह्याक, कोरोना कोषमा सहयोगको अपील – Janadesh Daily | ePaper

भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर ह्याक, कोरोना कोषमा सहयोगको अपील


एजेन्सी ।
संसारमै सर्वाधिक फलोअर हुने मध्येका एक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर अकाउन्ट ह्याक भएको छ ।

मोदीको व्यक्तिगत वेबसाइटसँग जोडिएको ट्वीटर अकाउन्ट ह्याक भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ह्याकरले कोरोना कोषका लागि दान गर्न आह्वान गर्दै मोदीको अकाउन्टबाट क्रिप्टोकरेन्सीसँग सम्बन्धित श्रृंखलाबद्ध ट्वीट गरेपछि सबै चकित परेका थिए ।

मोदीको व्यक्तिगत भेरिफाइड अकाउन्टमा ६ करोड भन्दा बढी फलोअर रहेका छन् । तर अफिसियल लिङ्क जोडिएको उक्त काउण्टमा भने २५ लाख फलोअर छन् ।

लिङ्क जोडिएको अकाउन्ट किन ह्याकिङ गरियो खुल्न सकेको छैन । मोदीको ट्वीट ह्याकिङबारे अनुसन्धान भैरहेको ट्वीटरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

यस अघि ह्याकरहरुले अमेरिकी राष्ट्रपतीय उम्मेद्ववार जो बाइडन, पूर्वराष्ट्रपति बाराक ओबामा लगायतका बिशिष्ठ व्यक्तिको ट्वीटर पनि ह्याक गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्