महामारीका बेला जान्नुहोस् गुर्जो र यसको गुणकारी फाइदा – Janadesh Daily | ePaper

महामारीका बेला जान्नुहोस् गुर्जो र यसको गुणकारी फाइदा


परिचय :

गुर्जो नेपालमा पाइने एक किसिमको जडीबुटी हो । संस्कृतमा गुडुची वा चक्रलक्षणिका भनिने गुर्जोलाई नेपालीमा अमृता पनि भनिन्छ ।
यो एउटा लहरेदार पतझर विरुवा हो । यसको लहरा मोटो र गुदिदार हुन्छ । यसका आँख्लाबाट जरा निस्केर हावामा लहरिएका हुन्छन् । यसको बोक्रा कागजजस्तो पातलो हुन्छ र बोक्रामा सेताग्रन्थीका थोप्लाथोप्लाले भरिएको हुन्छ ।

यसका पात एकपछि अर्को हुँदै गएका हुन्छन् र भेट्नुदार हुन्छन् । पातहरू मुटु आकारका ७—८ वटा नसाहरू भएका करीब १० से.मी.लामा हुन्छन् । । यसका फलहरू आँख्लाबाट लामो लहरेदार भागमा फल्दछन् । भाले फूलहरू झुप्पामा रहन्छन् भने पोथी फूलहरू एक्लाएक्लै रहेका हुन्छन् । फलहरू गुदिदार हुन्छन्, आकारमा अण्डाकारका र केराउका दानाजत्रा हुन्छन् र पाकेपछि राता हुन्छन् ।

कोसेलीमा गुर्जो- समाचार - कान्तिपुर समाचार

यसको उपयोगी अङ्ग लहरा (डाँठ) हो । यसको डाँठ कमलपित्त, दम, खोकी, मधुमेह, पुरानो ज्वरो, डेङ्गी, तथा बाथआदि रोगमा उपयोग गरिन्छ ।

गुर्जो एक लहरेदार बहुवर्षीय वनस्पति हो (तस्वीरः गुर्जोको पात र लहरा ) । संस्कृतमा गुडुची वा छिन्नोद्भवा र नेवारीमा गालेय भनेर चिनिने यो वनस्पतीलाई हिन्दीमा गिलोय भनिन्छ ।

कोभिड–१९ महामारीसँगै गुर्जोको खोजीनिति विशेषगरी नेपाल र भारतमा निकै बढेको छ । अहिले मात्र होइन, निकै अघिदेखि यसको प्रयोग परम्परागत औषधि र जडीबुटी चियामा भइरहेको छ ।

भारतमा योगगुरु रामदेवले यो महामारीका बेला यसको प्रयोग र उत्पादनलाई दिनहुँ प्रोत्साहन गरिरहेका छन् । रामदेव भन्छन् ‘तारबार, पर्खालनजिक वा जता हुन्छ, यो लगाऊ ।’

आयुर्वेदका प्राध्यापक डाक्टर नरेन्द्रनाथ तिवारी गुर्जोमा हुने आयुर्वेदिक गुणकै कारण यो महामारीका बेला यसको चर्चा भएको बताउँछन् । उनका अनुसार यसको प्रयोगले शरीरको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्घि हुन्छ ।

गुर्जो के हो र यसले कतिसम्म काम गर्छ, यो हेर्नुहोस

पछिल्लो समय महामारीका रूपमा फैलिएको कोरोनाभाइरससँग जुध्नका लागि प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने सुनेपछि भने नियमित सेवन गरिरहेका छन् ।

केही महिनाअघिसम्म आयुर्वेद उपचारमा चासो राख्ने थोरैलाई बाहेक कुनै चर्चा र चासो थिएन– गुर्जोबारे । वनपाखा र खेतबारीमा प्रशस्त पाइने गुर्जो प्रायः खेर गइरहेको थियो । तर अहिले एकाएकगुर्जोको लहरो चर्चामा छ । गाउँघर, सहरबजारमा सेवन बढेको छ ।

विश्वभर सन्त्रास फैलाइरहेको कोरोनाभाइरसको कुनै औषधि र उपचार पद्धति विकास नभएको अवस्थामा आयुर्वेद चिकित्सकले कोरोनासँग लड्न गुर्जो लहरोको रस सेवन गर्न सुझाएपछि खोजीखोजी सेवन गर्न थालिएको हो ।

यसको वैज्ञानिक नाम भने ‘टिनोस्पोरा कर्डिफोलिया’ हो । ‘गुर्जो बहुउपयोगी र बहुगुणकारी जडीबुटी भएकाले सम्भव भएसम्म खानु जरुरी छ,’ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा.मधुरजी ढकालले भने, ‘हरेक कुराको सीमा हुन्छ ।

गुर्जो सेवनमा पनि मात्रा मिलाउनु आवश्यक हुन्छ । त्यसैले एक जना वयस्कले २ इन्चसम्मको टुक्रा गुर्जो थिचेर थोरै पानीमा राखी उमालेर ५० एमएलसम्म बनाई सेलाएर बिहान–बेलुका नित्य सेवन गर्दा फाइदा पुग्छ । गुर्जो सेवनले अन्य रोग निवारणमा समेत लाभ पुर्याउने उनले बताए ।

उष्ण तटीय क्षेत्रमा पाइने लहरे प्रजातिको वनस्पती गुर्जो खोज्ने यतिबेला छ्यापछ्याप्ती भेटिन्छन् । प्राचीन समयदेखि नै रोग प्रतिरोधात्मक क्षमता अधिक रहेको मानिने गुर्जो ज्वरो, रुघाखोकी, मधुमेह र चर्मरोगसमेतको उपचारमा उपयोग गरिँदै आएको पाइन्छ ।

पछिल्लो समय भने कोरोना नियन्त्रणका लागिभन्दै गुर्जो पाइने क्षेत्रका प्रायः घरमा पानी वा चियामा उपयोग गर्न थालिएको हो । आयुर्वेद चिकित्सकका अनुसार बेसार, गुर्जो र तुलसीको पातसमेत मिसाएर उमालेको पानी बेलुकाबिहान नियमित सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बृद्धि हुनेछ ।

पानको झैं फिँजारिएको पात हुन्छ, गुर्जोको । यसको लहरालाई काट्दा भित्र चक्राकार चिह्न देखिन्छ । बर्खायामको फूल पहेंलो र हिउँदमा फल रातो फल्छ ।

रोगसँग ल'ड्ने प्रतिरो'ध क्ष'मता बढाउन नेपालमै पाइने जडीबुटी गुर्जो – Khabarhouse

गुर्जोको ताजा वा सुकेको लहराको १–२ इन्चजति टुक्रालाई थिचेर २ सय एमएल पानीमा राखी उमाल्दै सुकाएर ५० एमएल भएपछि सेलाएर नियमित सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुनुका साथै मधुमेह (सुगर)का बिरामीलाई समेत राम्रो हुने केन्द्रले जनाएको छ ।

‘गुर्जो गुणकारी जडीबुटी भएको धेरैले अनुभव सुनाएका छन् । गुर्जो प्रयोग भएका विभिन्न औषधि ल्याउने तयारीमा छौं,’ जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन विश्वकर्माले भने, ‘बजेट व्यवस्थापनपछि गुर्जोयुक्त औषधि वितरण गर्ने र यसको उपयोग गर्ने विधिबारे सचेतनाको योजनामा छौं ।’

आयुर्वेदले गुर्जोको डाँठलाई दम, खोकी, ज्वरो, पिसाबसम्बन्धी रोगको उपचार गर्न प्रयोग गरिने वनस्पतिको रूपमा चिनाएको छ । अमृतारिष्ट, संशमनी बुटी, निम्बादी चूर्ण, गुडुची सत्वलगायतका आयुर्वेदिक औषधिमा गुर्जोको प्रयोग हुने गरेको छ ।

चरक संहिता, चन्द्र निघन्टु, नेपाली निघन्टु लगायतका पुराना दस्तावेजका साथै वनस्पति विभागको महत्वपूर्ण प्रकाशन ‘मेडिसिनल प्लान्ट अफ नेपालमा यो वनस्पतिको उपयोगिताका बारेमा चर्चा गरिएको छ ।

यस वनस्पतिमाऔषधीय गुणका टिनोस्पोरिन, टिनोस्पोराइड, कार्डिफोलाइड्स, कर्डिफोल, पिक्रोटिन, बरजेनिनलगायतका बहुउपयोगी रासायनिक तत्व पाइन्छन् । आयुर्वेद विज्ञहरुले यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट र रोगप्रतिरोधात्मक प्रणाली नियमित गराउने तत्व रहेको बताउँछन् ।

सेता थोप्लाभएको बोक्रापातलो कागजजस्तो हुने गुर्जो उच्च रक्तचाप, शिरको गर्मी, पागलपन, कब्जियत, फोक्सोको क्षय, पत्थरी, मूत्ररोग, धातुरोग, कमलपित्त, दम, मधुमेह, पुरानो ज्वरो निको पार्न उपयोग मानिदै आएको छ । सुत्केरी महिलाबाहेक सबैले प्रयोग गर्न सकिने औषधीय गुणले परिपूर्ण तिक्त र टर्रो हुने गुर्जोको लहरा मोटो र गुदीदार हुन्छ ।

डा. यादवउप्रेती सल्लाह दिनुहन्छ– “गुर्जोको ताजा हरियो वा सुकेको लहराको माझीऔंलाजत्रो टुक्रा चपाएर रस निल्न वा १–२ इन्चका ५–६ वटा टुक्रालाई थिचथाचपारी पानीमा उमालेर सेलाएपछि पिउन पनि सकिन्छ । हामी पनि एक दुईवटा लहरा रोपेर आयुर्वेदिक औषधि विज्ञको सल्लाहमा यसको प्रयोग गरी रोग प्रतिरोधात्मक क्षमता वृद्घि गरौं ।”

कोरोनाभाइरसविरुद्ध लड्न 'गुर्जो'को रस फाइदाजनक : योगगुरु रामदेव « Khabarhub

आयुर्वेद चिकित्सकले प्रमाणित गरेअनुसार गुर्जो जडीबुटी सेवनले मानिसको प्रतिरक्षात्मक क्षमता मजबुत बनाई विभिन्न रोग तथा कोरोना भाइरसबाट समेत मुक्ति दिलाउने भएकाले यसलाई उपहारको रुपमा पनि दिन थालिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्