वडाध्यक्षलाई आक्रमण गरेको आरोपमा बाउ छोरा पक्राउ – Janadesh Daily | ePaper

वडाध्यक्षलाई आक्रमण गरेको आरोपमा बाउ छोरा पक्राउ


चन्द्र प्रकाश नेपाली

तुलसीपुर, दाड. । शान्तिनगर गाउँपालिका २ का वडा अध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गरेको अभियोगमा थप दुई जना पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा शान्तिनगर कै हिमबहादुर घर्ती र उहाँका छोरा गंगाराम घर्ती रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिहले जानकारी दिनुभयो
यो सँगै पक्राउ पर्नेको संख्या७ जना पुगेका छ ।

हिमबहादुर घर्ती खानेपानीको रेखदेख गर्ने चौकीदार रहेको बताईएको छ । घर्ती पक्राउ परेपछि खानेपानी आपूर्तिमा समस्या हुँदा पाँच सय घरधुरी प्रभावित भएको स्थानीयले बताएका छन् ।

वडाध्यक्ष डाँगीमाथि असार १६ गते आक्रमण भएको थियो । उहाँको अहिले काठमाडौमा उपचार भैरहेको छ भने आक्रमणको जिम्मा प्रतिबन्धीत बिप्लब नेतृत्वको नेकपाले लिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्