वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपा सचिवालयको निर्णय – Janadesh Daily | ePaper

वामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपा सचिवालयको निर्णय


जनादेश, काठमाण्डौ ।

आज बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले सचिवालय सदस्या बामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिश गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारलाई बताए।

त्यसैगरि बैठकले पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न भन्दै पार्टी महासचिव विष्णु पौडेल नेत्तृव कार्यदलको प्रतिवेदनलाई स्थायी समिति बैठकमा लैजाने सहमति पनि गरेको छ ।

आजको निर्णयसँगै वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य नियुक्तिका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिश गर्नेछ भने अर्थमन्त्री डा युवराज खतिवडाको मन्त्री पद यही भदौ २१ गतेबाट गुम्नेछ ।

सचिवालय बैठकमा पार्टीमा उत्पन्न समस्या समाधान गर्न बनाईएको कार्यदलले पेश गरेको प्रतिवेदनलाई पारित गर्दै छलफलका लागि स्थायी कमिटि बैठकमा पठाउने निर्णाय पनि गरेको छ ।
कार्यदलको प्रतिवेदनलाई अध्यक्षद्धयले पुनः छलफल गरि स्थायि कमिटि बैठकमा पठाउने र स्थायी कमिटि बैठकमा छलफल पश्चात सचिवालयमा ल्याई अन्त्यमा स्थायीबाटनै प्रतिवेदनको टुंगो लगाउने नेकपाको तयारी रहेको प्रवक्ता श्रेष्ठले बताए ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्