प्रजिअसँग जानकारी लिँदै उपसमिति – Janadesh Daily | ePaper

प्रजिअसँग जानकारी लिँदै उपसमिति


जनादेश, काठमाण्डौ ।

कोभिड–१९ को सम्बन्धमा सरकारका काम कारवाहीको अनुगमन गर्न गठित शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत उपसमितिले काठमाडौँ उपत्यकामा सङ्क्रमण फैलिन नदिन भइरहेका प्रयासका बारे यही भदौ २१ गते तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिने भएको छ ।

काठमाडौँ उपत्यकामा महामारी नियन्त्रणका लागि भइरहेका कार्यबारे प्रमुख जिल्ला अधिकारीसँग छलफल गरे पश्चात उपसमितिले स्थलगत अनुगमन गर्ने छ ।

नगरपालिका फोरमका प्रतिनिधि, स्वास्थ्य परिषद्लगायतका पदाधिकारीसँग शुक्रबार सघन छलफल गरी आएका सुझावका आधारमा उपत्यकाका विभिन्न स्थानमा अनुगमन गरिने उपसमितिका संयोजक जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले पिसिआर परीक्षण गराई सकेपछि परिणाम नआएसम्म हिँड्डुल नगरी आफ्नै घरमा स्वयं क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउन सरोकार पक्षसँग छिट्टै आवश्यक छलफल गरिने बताउनुभयो ।

सङ्क्रमित व्यक्तिको पहिचान गरी सम्बन्धित व्यक्तिलाई समुदायबाट अलग गरी आईसोलेशनमा राख्ने कार्यलाई व्यवस्थित गर्न प्रयोगशाला परीक्षणसँग सम्बन्धित पदाधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित प्रतिनिधि, जनस्वास्थ्यका पदाधिकारीसँग यही भदौ १९ गते उपसमितिले परामर्श लिने छ । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्