भारतमा हरेक दिन नयाँ रेकर्ड, चौबीस घण्टामा थपिए ८४ हजार नयाँ संक्रमित – Janadesh Daily | ePaper

भारतमा हरेक दिन नयाँ रेकर्ड, चौबीस घण्टामा थपिए ८४ हजार नयाँ संक्रमित


एजेन्सी ।
कोरोना संक्रमितको संख्यामा भारतले दैनिक नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । भारत लगातार केही दिन यता संसारमा सर्वाधिक संक्रमित भेटिने देशको अग्रस्थानमा छ । भारत गत चौबीस घण्टामा अहिलेसम्मकै सर्वाधिक ८४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वर्ल्डोमिटरका अनुसार ८४ हजार भन्दा बढी संक्रमित थपिएर भारतमा कोरोना संक्रमितको कुल संख्या ३९ लाख ३३ हजार भन्दा बढी पुगेको छ ।

सार्क क्षेत्रमा यो सर्वाधिक संक्रमितको आँकडा हो भने भारत विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो स्थानमा छ
भारतमा ३० लाख ३२ हजार भन्दा बढीले कोरोना जितेका छन् । ८ लाख ३१ हजार भन्दा बढी सक्रिय संक्रमितको उपचार जारी छ ।

२४ घण्टामा भारतमा १०८३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । र भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६८ हजार ५ सय नाघेको छ ।

भारतको डरलाग्दो दरले नेपालमा पनि कोरोना रोकथाम र नियन्त्रण चुनौतिपूर्ण बनेको छ ।

भारतमा गत महिना झन्डै २० लाख सङ्क्रमित थपिएका छन् जुन महामारी सुरु भएयता कुनै पनि देशमा एक महिनामा थपिएको सबैभन्दा ठूलो सङ्ख्या हो।

मृत्युका सङ्ख्याले पनि अगस्ट सबैभन्दा नराम्रो महिना रह्यो र त्यहाँ २८,००० जनाको मृत्यु भयो।

Surat: Officials distribute sanitizers to bus passengers in the wake of coronavirus pandemic, at a bus station in Surat, Monday, March 16, 2020. (PTI Photo)(PTI16-03-2020_000034B)

अमेरिका र ब्रजिलपछि भारत सबैभन्दा बढी सङ्क्रमण भएको देश भएको छ। त्यहाँ ३६ लाख जनालाई सङ्क्रमण भएको पुष्टि भइसकेको छ।

उत्तर प्रदेश, झारखण्ड, छत्तिसगढ र ओडिशा राज्यहरूमा ह्वात्तै सङ्क्रमित बढेका हुन्। भारतको ‘हटस्पट’ भनिएको महाराष्ट्रमा सबैन्दा बढी आठ लाख सङ्क्रमित छन्।

भारतमा पर्याप्त मात्रामा परीक्षण हुन नसकेकोले कोरोनाभाइरस नियन्त्रणमा आउन नसकेको बताइन्छ। त्यहाँ प्रति १० लाखमा ३२,००० जनाको परीक्षण गरिएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्