भारतलाई चीनको चेतावनीः निहुँ खोज्दा महंगो मूल्य चुकाउनु पर्ला – Janadesh Daily | ePaper

भारतलाई चीनको चेतावनीः निहुँ खोज्दा महंगो मूल्य चुकाउनु पर्ला


एजेन्सी।
भारतले सीमा विवादमा चीनविरुद्ध आक्रामक रबैया देखाएपछि चीनले पनि भारतलाई आफ्नो अवस्था ख्याल गरेर व्यवहार गर्न सुझाएको छ ।
अन्तर्राष्ट्रिय मामिलामा चीन सरकारको सन्देशवाहक मानिने ग्लोबल टाइम्सले एक आलेखमार्फत भारतले चीनसँग निहुँ खोज्दा महंगो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको हो ।

भारतले चीनसँग संघर्ष र टकरावको नीति अख्तियार गरे यसको मूल्य भारतलाई मंहगो पर्ने आलेखकको निष्कर्ष छ ।

कोरोना भाइरससँग जुधिरहेको भारतले अर्थतन्त्रमा पनि ठूलो संकट झेलिरहेको र चीनका कम्पनी तथा मोबाइल एपप्रति गरिएको व्यवहार प्रत्युत्पादक हुन सक्ने भन्दै आलेखमा भारतले अमेरिका जस्ता राष्ट्रको आड पाउने आशमा छिमेकी देशसँग सत्रुता नसाध्न सुझाव दिइएको छ ।

लद्दाख लगाउतका उच्च हिमाली क्षेत्रमा चीनसँग लड्ने तयारी गर्नका लागि पनि भारतलाई सजिलो नभएको समेत ग्लोबल टाइम्सको दाबी छ । हिउँद सुरु हुने समयमा सैन्य खर्चमा झनै बढोत्तरी हुने भएकाले भारत व्यवहारिक बन्नु उपयुक्त हुने सुझाव दिइएको छ ।

भारतको कुल ग्राहस्त उत्पादनमा अहिलेसम्मकै बढी १० प्रतिशतको गिरावट आउने अनुमान गरिएको र लाखौं भारतीयले रोजगारी गुमाउने सम्भावना रहेको अवस्थाले प्रधानमन्त्री मोदी दबाबमा रहेको भन्दै ग्लोबल टाइम्सले यस्तो समयमा देशको शक्ति संघर्षमा लगाउनु बुद्धिमानीपूर्ण नहुने समेत सुझाएको छ ।

चीनसँग संघर्षको नीतिले भारतको बैदेशिक सहयोगमा क्षति पुग्ने र औद्योगिक आपूर्ति श्रृंखला पनि आँकलन ग्लोबल टाइम्सको छ ।

सांघाइ इन्स्टिट्युट फर इन्टरनेशनल स्टडिजको सेन्टर फर एसिया पेसिफिक स्टडिजका निर्देशक चाओ गान्छेङसँगको कुराकानीमा आधारित ‘भारतले जथाभावी चिनियाँ एप किन प्रतिबन्ध लगाइरहेको छ?’ शीर्षकको आर्को आलेखमा भारतीय रणनीति दोहोरो धार भएको तरवार भएको उल्लेख छ ।

यो कदमले चीनलाई क्षति पुर्‍याउने उद्देश्य राखिएपनि त्यो भन्दा बढी क्षति भारतलाई पुग्ने र अमेरिकालाई फाइदा हुने ग्लोबल टाइम्सको विश्लेषण छ ।

यो कदमले भारतमा बढिरहेका चिनियाँ लगानीकर्ता निरुत्साहित हुने निश्चित रहेको र भारतीय उपभोक्ताले पाउने उचित लाभ पाउनबाट पनि बञ्चित हुने भन्दै भारतलाई दोहोरो क्षति हुने कदम नचाल्न सुझाव दिइएको छ ।

यो पनि पढ्नुस्- भारतमा पब्जी प्रतिबन्धः लत परेका युवाहरु सरकारसँग आक्रोशित

चीनसँग संसारकै ठूलो नौसेना, छिमेकमा प्रभाव बढ्दोः अमेरिकी रिपोर्ट

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्