बाँकेमा आज र भोलि निषेधाज्ञा – Janadesh Daily | ePaper

बाँकेमा आज र भोलि निषेधाज्ञा


जनादेश, बाँके ।

बाँकेमा कोरोेना भाइरस संक्रमण फैलन नदिन आज र भोलि सर्वसाधारणलाई हिँड्डुल गर्न समेत नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।

सातामा दुई दिन निषेधाज्ञालाई कडाईका साथ लागु गर्दा कोरोना संक्रमणको चेन टुट्ने र संक्रमण नियन्त्रणमा आउने विज्ञहरुको सुझावपछि कोभिड व्यवस्थापन संकट समितिको भदौ १२ गतेको बैठकले हरेक शुक्रबार र शनिबार सर्वसाधारणहरुलाई हिँड्डुल गर्न समेत नपाउने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

निषेधाज्ञाको अवधिमा औषधि, खानेपानी, ग्यास, पेट्रोलियम पदार्थ, विद्युत, दूरसञ्चार, एटिएम र फोहोरमैला व्यवस्थापन सेवाबाहेक अन्य सबै सेवामा रोक लगाइएको छ । निषेधाज्ञालाई कडाईका साथ पालना गराउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बाँकेमा पछिल्ला दिनहरुमा दैनिक ३० देखि ४० जनामा संक्रमण देखिँदै आएको छ । बाँकेमा संक्रमितहरुको संख्या एक हजार १३९ पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्